२३ फागुन, बाँके । टिप्परको ठक्करबाट प्रधानाध्यापकको मृत्यु भए पछि बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ मिलन चोक स्थित साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका विद्यार्थीहरु आन्दोलित भएका छन ।
शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक (पुरैनी)मा टिप्परले ठक्कर दिदा ४७ वर्षीय रामदेव मण्डलको ज्यान गएको थियो । कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार मण्डलको दुर्घटना पछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा उनको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी समेत घाइते भएकी छन । हाल उनको उपचार भइरहेको बताईएको छ ।
प्रधानध्यापकको दुर्घटना कै विषयलाई लिएर आज साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका विद्यार्थी आन्दोलित भएका हुन । उनीहरुले दोषीलाई कडा कार्वाही स्वरुप फासी दिने लगायतका दबाब मुलक नारावाजी गरिरहेका छन । आन्दोलन कै क्रममा आफुहरु माथी हातपात भएको समेत दाबी गरेका छन । भिडभाडमा हातपात गर्ने व्यक्तिको रहेको अझ स्पष्ट न भएको उनीहरुले बताए । उनीहरुले “विद्यार्थी माथी हात छोडन पाईदैन, दोषीलाई फासी दे लगायतका नारा सहित प्रदर्शन गरिरहेका छन । कलिला ५ वर्ष देखी १३-१४ वर्ष जति उमेर भएका विद्यार्थीहरु आफ्नो अभिभावकको दोषीलाई कार्वाही हुनुपर्नेमा आन्दोलन गरेका हुन । विद्यार्थीहरुले नदि जन्य वस्तु उत्खनन गरि ओसारपसार गर्ने टिप्पर माथी पनि डुङ्गामुडा प्रहार गरेका छन ।
प्रधानध्यापकलाई ठक्कर दिने उक्त टिप्पर चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।