२० फागुन, बाँके । आज नेपालभरका सबै अदालतको सेवा बन्द गरिएको छ । सर्वोच्चका नवौँ अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा आज सबै अदालतको सेवा बन्द गरिएको हो । सर्वोच्चको बुधबार बसेको ‘आकस्मिक’ बैठकले सिंहको निधनमा शोकमा देशभरका अदालतमा शोक बिदा दिइएको हो ।
सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए । सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।