सुनसरी,माघ १८ गते।लामाे समय देखि समाजिक क्षेत्रमा काम गर्दै अाएका लालपरी अभियानका प्रमुख मानवअधिकारकर्मी सुशील राजभर नेपाल युनाईट्सकाे प्रदेश नं. १ काे प्रदेश संयोजक नियुक्त भएका छ ।
सिमान्तकृत,द्वन्द्वपिडित, हिंसाग्रस्त, विपन्न, अपहेलित, पिछडिएका र निर्वासित व्यक्ति, समुदाय र समाजको उद्धार, पुनस्र्थापन र उत्थानका लागि सद्भाव, सदाचार, अधिकार, न्याय, शुसासन र संस्थागत विकासमा योगदान पुर्याउने उद्देश्यका साथ युवाहरुलाई जिम्मेवार बनाई अहिंसा, मानवीय भाव, भाइचारा र मेलमिलापको वातावरण सिर्जना गरी अगाडी बढ्नका लागि युवाहरु मिलेर निर्माण गरिएको अभियान नेपाल युनाइट्स हो ।