रन्जीत शर्मा / नवलपरासी / ०५ माघ। पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण गरिएको छ ।
पाल्हिनन्दन गाउपालिका वडा न० ४ र ५ वडाका अति गरिब तथा विपन्न कृषकलाई इन्द्रेणी सामाजिक बिकास मंचको आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग तथा पाल्हिनन्दन गाउपालिकाको सवन्यमा बितरण गरिएको छ ।
पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) गुप्ताको अध्यक्ष्ाता तथा इन्द्रेणी सामाजिक बिकास मंच व्यवस्थापन समितिका सदस्य चेतनरायण भण्डारी, कृषि शाखा प्रमुख , पत्रकार रन्जीत शर्मा , फिल्ड अधिकृत सपना श्रेष्ठ लगायतको अतिथिक्ता तथा समाजिक परिचालक सन्दीप बि०क०को सन्चालनमा २० जना गरिब पानी तान्ने मोटर तथा पाइप कृषक वितरण कार्यक्रम सम्पन्न भएको छ् ।