वालिङः कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सुकुम्बासीले अब आन्दोलन गर्नुनपर्ने बताएकी छन् । मन्त्री अर्यालले आइतबार वालिङमा भूमी सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै असार मसान्त भित्रै जिल्लाका सुकुम्बासीको समस्या समाधान गर्न निर्देशन दिएकी छन् ।
उनले भूमीहिनहरुको ६ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिवद्ध भएर अगाडि बढेको बताइन । मन्त्री अर्यालले भनिन, कोही भूमीहिन हुँने कोही भूमीको मालिक हुने यो विभेदपुर्ण छ, सबै भुमिको मालिक हुनुपर्छ ।’ सरकारले सबै नेपालीलाई भूमीको मालिक गराउछ ।
पहिलो चरणमा ७ पालिका र बाँकी जिल्ला तथा तहहरुमा दोस्रो चरणमा गरी चरणबद्ध रुपमा कार्यक्रम गर्नका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री अर्यालको भनाइ थियो ।
४८ जिल्लाका पालिकाहरुमा पहिलो चरणमा भूमीको समस्या समाधान गरी सामाजिक न्याय स्थापित गर्नका लागि सरकारले कानून निर्माण गरेर संचरना निर्माण गरी स्थानीय तहमा सर्वेक्षण रेर्कड व्यवस्थित राख्न सफ्टवेयरको प्रयोग गरिएको मन्त्री अर्यालले बताइन ।
सुकुम्बासी र भूमीहिनको व्यवस्थापन बिना वैज्ञानिक भूमी व्यवस्थापन हुँन नसक्ने भन्दै पिडामा भएका आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गर्दै आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले संघ र प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री अर्यालको जोड थियो ।
सुकुम्बासीले आन्दोलन गर्नुपर्दैन–मन्त्री अर्याल