पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ ।
नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी, र्यालीसहित बजार परिक्रमा गरेर गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको शालिक भएको ठाउँमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बिभिन्न जातजातिको भेषभुषा, संस्कृति झल्कने बाजागाजा, पोशाकमा नगरपालिकाको बिभिन्न वडाबाट सर्वसाधारणलाई आमन्त्रण गरी पृथ्वीजयन्ती कार्यक्रम मनाइने नगरप्रमुख राजनराज पन्तले बताए ।