कावासोती,भाद्र ८ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौदीकाली गाउँपालिका वडा नं. २ मा पुलबाट हाम फाली एक पुरुष बेपत्ता भएका छन् । आइतबार दिउँसो साढे २ बजेको समयमा पालीघाटस्थित तनहुँ र नवलपरासी पुर्व जोड्ने कालीगण्डकी नदिको झलुङ्गे पुलबाट हाम फाल्दा ३० बर्षिय कृष्ण खनाल बेपत्ता भएको प्रहरीले जनाएको छ । हाम फाली बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि स्थानिय नागरिक र प्रहरी टोलीले संयुक्त रुपमा खोजि भइरहेको र ति पुरुष अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
झलुङ्गे पुलबाट हाम फालेर नवलपुरका एक जना बेपत्ता