नवलपुर ।
पुर्वी नवलपरासी नवलपुर प्रहरी १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थको अवैद्य उत्खनन गरी रहेको अवस्थामा नवलपुरका प्रहरीले विनयी गा. पा. २ मजुवा विनयी खोलाबाट १२ वटा र हुप्सेकोट गा. पा. १ बेलहुवा बाट ७ वटा गरी जम्मा १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रह्ररी कार्यालय नवलपुरका नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासबाट टोलीले नम्बर नखुलेको ५ वटा , one test १ , लु ४ त १०३६ , लु २ त ७७२० , लु ४ त ४१६२, लु २ त ४५५० , लु ४ त ८६६ , लु ४ त १०८४ , ना ७ त ६०८४ , प्र २-०३-००१ त ६६३्र , ना ४ त ९८९५ , ना ५ त ६००५ , ना ६ त २०५ , ना ५ त ४०३ , ना ६ त ६०२० , नम्बरको गरी १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।