नवलपुर । पुर्वी नवलपरासीमा नवलपुर प्रहरीले ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थको अवैदे्य उत्खनन गरी रहेको अवस्थामा नवलपुर प्रहरी विनयी त्रिवेणी गाँउपालीकाको २ मजुवा विनयी खोलाबाट ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए। जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोली नम्बर नखुलेको १ वटा, लु ३ त ७४५ , लु ४ त १८९७ , लु ३ त ५९०५ , ना ७ त २१५० , लु ४ त ५२६२ , ,लु ४ त ९१११ , लु ३ त १४३१ नम्नबरको गरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नदीजन्य पदार्थ उद्खनन गर्ने ८ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा