बिरगंज । गरिब, असहाय तथा मजदुरहरुलाई नेविसंघ ठाकुरराम एकाई समिति तथा नेविसंघ पर्साले बिहान, बेलुकी दुई छाक निशुल्क खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ ।
नेपाली काग्रेसका युवा नेता राकेश यादवको विशेष पहलमा नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समिति तथा नेविसंघ पर्साले सयुक्त रुपमा खाना वितरण अभियान शुक्रवारबाट शुरु गरेको हो ।
संघले बिहान र बेलुका १००/१०० जनालाई खाना खुवाउने गरेको जनाएको छ । खाना वितरण कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु बाबुनन्द पटेल, रभी साह, भुपेन्द्र यादव, राजा यादव र नेविसंघ पर्साका जिल्ला उपाध्यक्ष शेष हजरा लगायतको उपस्थिती रहेको एकाई समिति अध्यक्ष मनोज साहले बताए ।
संघले खास गरी रिक्सा चालक, ठेला चालक तथा गरिब असहायलाई प्राथमिकतामा राखी खाना खुवाउने प्रयास गरेको नेविसंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ताले बताए ।

