स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं.१ बाट डिजिटल प्रबिधिबाट जग्गाको नाप शुरु भएको छ । नाप जाँच कार्य जिल्लाका अन्य ठाउँमा पनि गरिने जनाईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने नापी टोलीका प्रमुख ज्योति शाहले बताईन् ।
‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको भनाई छ ।
विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुले ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख शाहले बताईन् ।