कावासोती। कावासोती नगरपालिका वडा न ८ निवासी पुष्कर तिवारीले आफ्नो जन्मदिनको अवसरमा मौलाकालिका अपाङ्ग सेवा संस्थामा रहेका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन।जन्मदिनको अवसरमा विभिन्न होटेलमा गएर ,साथिभाइ जमघट गरेर अनावश्यक भोज भतेर गर्नु भन्दा असाहाय बालबालिकालाई सहयोग होस भन्ने उद्देश्यले आफुले खाद्यान्न सहयोग गरेको तिवारिले बताए।
तिवारि र उनका पिता पितम्बर तिवारी संस्थामा गएर दाल,चामल,नुन ,तेल, फलफूल लगायत करिब १० हजार बराबरको सहयोग गरेका हुन।अन्य अनावश्यक खर्च गर्नभन्दा सामाजिक सन्देश प्रवाह गर्ने कार्यक्रम गरेकोमा बुबा पितम्बर तिवारिले खुसी व्यक्त गरे भने संस्थाका संचालक कृष्ण थापाले सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए।
जन्मदिनमा पुस्करले गरे अपाङ्गता भएका बालबालिकालाइ खाद्यान्न सहयोग