नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०४७ सालदेखि मानुङको विकासका लागि थालेको अभियानले सार्थकता पाएको बताएका छन् ।
मंगलबार बिहान पर्यटकीय मानुङ डाँडा पुगेका पौडेलले अहिले प्रशस्त संख्यामा पर्यटक आएको देख्दा खुशी लागेको बताए । ‘यो डाँडाको दिन आउँछ भनेर मैले भनेको थिएँ,’ उनले भने ।
पौडेलले मानुङमा बाटो र खानेपानीका लागि पहल गरेको भन्दै अझ थप पूर्वाधार बनाउन सकिए मानुङ अझ अघि बढ्ने बताए ।पौडेलले मानुङ जाने बाटोमा पहिले देखि नै करोडौं बजेट परेको भन्दै अहिले कालोपत्रे भएर योजनाले गति पाएको बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले मानुङको प्रचारका लागि पहिलो तनहुँ महोत्सवदेखि थालनी गरिएको बताए ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले मानुङको विकासका लागि व्यास नगरपालिकाले प्राथमिकता दिएको बताए । उनले पर्यटकीय विकास र पूर्वाधारका लागि नगरपालिकाले बजेट विनियोजन गरेको पनि जानकारी दिए ।त्यसक्रममा मानुङका स्थानीयसँग अन्र्तक्रिया पनि गरिएको थियो ।