गत जेठ ५ गते गम्भिर घाइते भइ जेठकै १२ गते बि.एम.सि अस्पतालमा मृत्यु भएका नेपाली सेनाका हवलदार मेजर पर्शुराम भट्टराईको विषयमा निष्पक्ष छानविन गर्न बुबा दिल बहादुर भटट्टराईले माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरि बुबाले आफ्नो छोराको मृत्यु नभइ हत्या गरेको भन्दै निष्पक्ष छानविन गर्न माग गरेका हुन् । ३८ वर्षका पर्शुराम, नेपाली सेनाको धनकुटामा रहेको २ नम्बर बाहिनीमा ५ गते राति अचेत भइ लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएको छ तर, त्यो कुरा झुटो भएको भन्दै बुबाले दुई पृष्ठ लामो निबेद प्रधान सेनापतीलाई पेस गरेका छन् । आफ्नो छोरा ५ गते नै गम्भिर विरामी परेका तर आफूहरुलाई ६ गते बेलुका ९ बजे सोही व्यारेकमा कार्यरत योगेन्द्र बास्तोलाले जानकारी गराएकाले घटना ढाकछोप गरेको हुनसक्ने बताएका छन् ।
‘मिति २०७७ जेठ ५ गते राति शक्त घाईते बनाई बि.एम.सि अस्पताल बिराटनगरमा उपचार भइरहेको भनि ६ गते बेलुका अन्दाजी ९ बजेको समयमा सोही व्यारेकमा कार्यरत योगेन्द्र बास्तोलाको मोवाइलबाट मेरो बुहारीलाई जानकारी गराइएको थियो । त्यसपछि मेरो परिवारका सदस्यहरु अप्पतालमा गई हेर्दा मेरो छोरा पर्शुराम भट्टराईको टाउको देब्रे पट्टि कन्चट नजिक गम्भिर चोट लागि भित्रपट्टि हड्डी फुटे जस्तो चोट, दुबै आँखामा निल डाम, दाहीने हात, कुहीनोहरु तथा खुट्टा तथा घुडा लगायत शरिरको बिभिन्न भागहरुमा थुप्रै चोट लागेर अचेत भइ भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा पुगेका थिए’ उनले पेश गरेको निबेदनमा भनिएको छ । साथै छोराको मृत्यु भएर धरान स्थित बीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ भन्ने कुरा थाहा पाउँदा परिवारका सदस्य आर्चायचकित भएको उनले पेश गरिएको निबेदनमा भनिएको छ । ‘सघन उपचारकै क्रममा मिति २०७७ जेठ १२ गते बिहान अन्दाजी ७ः२० बजे समयमा मेरो छोराको अस्पतालमै मृत्यु भएको रहेछ र हामी परिवारका सदस्यहरुलाई कुनै किसिमको जानकारीसमेत नगराई आफु खुशी मृतक छोराको लाश बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृह स्थित मर्चरी बक्समा राखेको भन्ने बुझ्न आयो र हामी परिवारका सदस्यहरु आश्चार्य चकित हुदैँ राई कराई गर्दै बीपी पुग्यौ र त्यहाँ गएर बुझ्दा शव मर्चरीमा राखिएको जानकारी पायौँ’, उनले पेश गरेको निबेदनमा भनिएको छ । बीपीमा बुझ्दा आफूहरुले छोराको मृत्यु माथी उल्लेख गरेजस्तो मादक पदार्थ सेवन गरेर नभएको थाहा पाएको निबेदनमा लेखिएको छ । ‘माथी उल्लेख गरिए बमोजिमको आफै वा दुर्घटनाबाट नभएको देखिन आएको साथै छोराको उपचार गर्ने बि.एम.सि अस्पतालको चिकित्सकले मृत्यु प्रेशर, सुगर र अन्य बिमारीबाट नभएको भन्ने स्पष्ट जानकारी दिएको छ’, उनले पेस गरेको निबेदनमा भनिएको छ । साथै उनले नेपली सेनामा विगत १८ वर्षदेखि काम गर्दै आएको छोरोको एक्कासी मृत्यु हुँदा पनि घटनामा संलग्न रहेको आसंका गरिएका कसैसँग पनि सोधपुछ नगरिएको भन्दै दुखेसो पेखेका छन् । ‘घटनामा संलग्न सैनिक कर्मचारीहरुलाई हालसम्म कुनै कारवाही भएको छैन । नेपाली सेना जस्तो एउटा गरिमामय संस्थामा यतिसम्म जघन्य प्रकृतिको अपराधिक घटना घट्दो रहेछ आगामी दिनहरुमा नेपाल आमाको छोराछोरीहरु कसरी सेवा प्रति उत्साह देखाउलान् । ब्यक्तिगत रिरिभीको कारण निर्दोश व्यक्तिलार्य योजना बद्ध तरीकाले हत्या गरेको देखिएको हुँदा अन्य हामी जस्तो सर्वसाधारण जनतामा के कस्तो सन्देश जाला ? यो एकदम दुःख लाग्दो घटना हो’, उनले पेश गरेको निबेदनमा भनिएको छ । उनले निबेदनमा मार्फत् १४ जना लाई प्रतिबादि बनाइएको जनाएका छन् । ति १४ जना माथि निष्पक्ष छानबीनको पनि माग गरेका छन् । उनले तत्कालीन धनकुटा २ नम्बार बाहीनीका बाहीनीपती यम प्रसाद ढकाल सहित १४ जना विरुद्ध छानवीन माग गरेका हुन् ।
त्यस्तै मेजर राज कुमार बस्नेत, पूर्व सुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिल बहादुर कार्की, जमदार अकल बहादुर घले मगर, हुद्धा शेर बहादुर लिम्बु, हुद्धा गणेश श्रेष्ठ, हुद्धा अमर बहादुर देउजा, अम योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेश नायक लिला बि.क, सैनिक जवान आर्मस्ट्रङ्ग कबिरथ र सैनिक जवान दुर्गा बहादुर तामाङ माथि छानबिन गर्न उनले माग गरेका छन् । पत्रपत्रिकामा यो घटना बारे थाहा दिएमा सेनाबाट सेवा निवृत भएपछि पाउने र मृत्यु बापत पाउने कुनै रकम नदिन भन्दै सेनाको धनकुटामा रहेको २ नम्बर बाहीनीबाट भने पछि ६ महिनासम्म न्याय पाउने आशमा बसेको तर सत्यतथ्य सतहमा नआएको बुबाले पेश गरेको निबेदनमा उल्लेख गरिएको छ । ‘धनकुटामा रहेको २ नम्बर बाहिनी हिलेमा सम्पर्क गर्दा इटहरी पृतथा जानु भन्ने र कतै भनेमा पेन्सन रोख्ने र खाने पाउने समेत रोकिदिन धम्कि दिएको छ’, निबेदनमा भनिएको छ । अन्त्यमा उनले छोराको मृत्यु बारेका सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । ‘यस घटनामा संलग्न हत्यारा सैनिक कर्मचारीहरुर्ल हदैसम्मको कारवाही न्यायको खातिर तथा न्याय पाउँछु भन्ने विश्वास गरेका छु’, उनले पेश गरेको निबेदनमा भनिएको छ ।
पर्शुराम भट्टराई मृत्युप्रकरण : बाहीनीपती यम प्रसाद ढकाल सहित १४ जना विरुद्ध छानवीन माग