दोरेन्द्र खड्का बझाङ − बझाङको सदरमुकाम चैनपुरमा ग्लोबल आइएमई बैंक लिमिटेडले आप्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएपछी बैंकको शाखा कार्यालयहरुको संख्या २सय६२ पुगेको बैंकले जनाएको छ ।
यस बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न ठाउँमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखासहित बैंकिङ्ग सेवामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ७२ वटा जिल्लामा फैलिएको २६२ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २३१ शाखासहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत २१ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।