काठमाडौं भदौ ५ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम दिन प्रतिदिन उकालो लागिरहेको छ । कोरोना संक्रमित देखिएको सुरुवाती चरणमा खासै मृत्यु नभएको भएपनी पछिल्लो समयमा समुदायमा कोरोना संक्रमित भेटिन थालेपछी मृत्यु संख्या पनि बढीरहेको पाइएको छ।पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ। शुक्रबार मृत्यु हुने मध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृत्यु भएको हो । अझै पनि सय भन्दा बढी बिरामी आईसियुमा रहेका, केही भेन्टिलेटरमा रहेका र लक्षण सहितका संकमित बढ्दै गएको र होम आईसोलेसनमा समेत मृत्यु हुने घटना देखिएकाले थप जोखिम बढेको देखिन्छ।
नेपालमा कोरोनाले एकैदिनमा ११ को मृत्यु,अहिलेसम्म मृत्यु हुनेको संख्या १३७