५ साउन, दुम्किबास । नवलपुरमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलने क्रम तिब्र भएको छ।यसै क्रममा नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बिनयी त्रिवेणी गाउँपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले दिएको जानकारी अनुसार बिनयी त्रिवेणीबाट संकलन गरी पोखरा प्रयोगशाला पठाइएको स्वाबमध्येमा १८ जनाको पोजेटिभ नतिजा आएको हो । १ जना वडा सदस्य,१ जना गाउपालिकाका कर्मचारी छन भने अन्य सबै १६ जना समुदाय स्तरमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको बिनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिएका छन। संक्ररमित हुनेहरुमा विनयी त्रीवेणी गाउपालिका वडा न ६ का १० जना पुरुष र ३ जना महिला रहेका छन भने वडा न ७ का ३ जना पुरुष र २ जना महिला रहेका छन।उनिहरुलाइ अस्थायी कोरोना हस्पिटलको आइसोलेसन वार्डमा लैजाने तयारी भैरहेको गाउपालिका अध्यक्ष जि सि ले बताए।
नवलपुरको विनयी त्रीवेणिमा जन-प्रतिनिधि ,गाउपालिकाका कर्मचारी सहित १८ जनामा कोरोना संंक्रमण