अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन। भुसालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई महान चाड हरितालिका तिजको अवसरमा सुभकामना दिएका हुन । यस वर्ष बिश्वनै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव भयावह रुपमा परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं समाजिक दुरि पालना गरि सरकारले यसको नियन्त्रणका लागि लगाएको समाजिक दुरि, स्वास्थ्य सम्बन्धि सम्पुर्ण नियमलाई पालना गरि घर मै तिज मनाउन सम्पुर्ण नेपालीलाई अनुरोध गरेका छन । हाल सरकारले कतिपय जिल्लामा लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार समाजिक दुरिको पालना गरि पर्व मनाउन समेत उहाले अनुरोध गरेका छन । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागिभिडभाड हुने गरि सामुहिक रुपमा तिज र अन्य पर्व नमनाउन आग्रह समेत गरेका छन ।
पर्वतको बिहादी गाउँपालिका अध्यक्ष कमल प्रसाद भुसालद्वारा हरितालिका तिजको सुभकामना व्यक्त