कार्तिक १९ एक सहकर्मीलाई छेडछाड गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेता विजय राज जमानतमा रिहा भएका छन् । विजय राज गोंडियामा फिल्म 'शेरनी' को छायांकन गरिरहेका थिए । उनी त्यहाँको 'दि गेटवे होटल' मा फिल्मको टिमसँगै बसिरहेका थिए । त्यहि टिमकी एक महिला सदस्यले उनलाई उत्पीडनको आरोप लगाएर रिपोर्ट गरेपछि रामनगर प्रहरीले विजयलाई मंगलबार बिहान पक्राउ गरेको थियो र मंगलबारनै अदालतमा उपस्थित गराएको थियो । विजयलाई उत्पीडनको आरोप लागेपछि फिल्मको छायांकन रोकिएको छ । अमित मासूरकरले निर्देशन गरिरहेको ‘शेरनी’ मा विद्या वालन मुख्य भूमिकामा छिन् । ‘धमाल’, ‘वेलकम’, ‘दीवाने हुए पागल’, ‘रघु रोमियो’, ‘मुम्बई एक्सप्रेस’ जस्ता फिल्मबाट दर्शकहरुको मन जित्न सफल अभिनेता विजय धेरै वर्ष पहिले ड्रग्स राखेको आरोपमा पनि पक्राउ परेका थिए ।साभार: कला मञ्जरी
सहकर्मीले उत्पीडनको आरोप लगाएपछि पक्राउ परेका विजय राज जमानतमा रिहा