कावासोती, भदौ ४, बिहिबार । विश्व भरी महामारिको रुपमा फैलिएको कोभिड १९ नेपालमा पनि बढ्दो अवस्थामा रहेको छ । भने कावासोती नगरपलिकामा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढे संगै प्रत्येक नगरवासीले यस भाइरस विरुद्ध लड्न सचेत र सजक हुनुपर्ने छ । कावासोती १० मगरकोटमा कोभिड १९ लाई रोकथाम तथा जनमानसमा कोरोना भाइरसको जानकारी र बच्ने उपाय सहित सचेतनामुलक संदेश,मास्क र सेनिटाइजर बितरण गरेको छ । घरबाट बाहिर हिड्दा अनिवार्य मास्क लगाउने,साबुन पानीले हात धुने,सेनिटाइजर प्रयोग गर्ने,सामाजिक दुरि कायम गर्ने जस्ता कुराहरु वडा बासिको घर घरमा पुगेर संदेश मुलक पम्प्लेट,मास्क बितरण गरिएको हो । कार्यक्रम बिहानी युवा क्लबको आयोजना कावासोती नगरपालिका वडा कार्यलय वडा नं १० मगरकोटको सहकार्य रहेको कार्यक्रममा सिमित सामाजिक अभियान्ताहरुको उपस्थितमा सम्पन्न गरिएको हो ।
कावासोती १० मगरकोटमा निशुल्क मास्क वितरण