रन्जीत शर्मा/ नवलपरासी/ १३ असोज । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० २ , मुडेरामा आयोजित प्रो मुडेरा कब्बडी( कपर्दी) प्रतियोगिताको प्रथम उपाधी पाल्पालि मेडिकल गोपिगन्जले हात परेको छ ।
लायन्स युवा क्लब पाल्हिनन्दन-२ मुडेराको आयोजनामा ४ दिन सम्म संचालित प्रतियोगितामा २५ टिमको सहभागीता रहेको थियो ।
आज एक कार्यक्रम बीच पुरस्कार वितरण समेत गरिएको छ । कपर्दी प्रतियोगिता समितीका अध्यक्ष हरिराम सहानीको अध्यक्ष्ाता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्ब गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख अतिथिक्ता, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको बिशिस्ट अतिथिक्ता तथा पाल्हिनन्दन गाउपालिका वडा न०२ का वडा अध्यक्ष रामनगिना सिङको अतिथिक्तामा सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम हुने पाल्पालि मेडिकल गोपिगन्जलाइ बोका र मेडल तथा दोस्रो स्थान प्राप्त गर्ने आयोजक द लायन्स युवा क्लब मुडेरालाइ 7 के०जि० कुखुरा र मेडल र तेस्रो स्थान प्राप्त गर्ने हाम्रो फुलवरिया-बि टिम लाइ 5 के०जि० कुखुरा र मेडम पुरस्कार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ ।