नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको पाइएको हो । पुजारी सोही गाउँ बस्दै आएका थिए । पुजारीको घरेलु हतियार हसियाले प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको एकान्त खाली ठाउँमा पुजारी केवट मृत अवस्थामा फेला परेका थिए ।एक स्थानीयले टयाक्टर लिई खेत जोत्न गएको बेला पुजारी मृत अवस्थामा देखी स्थानीय प्रहरीलाई खबर गरेका थिए । पुजारीको के कारण हत्या भएको र हत्याराको पछाडीको कस्को संलग्नता रहेको छ भनेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।केहि हप्ताअघी रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। सो हत्याको भरपर्दो अनुसन्धान नभइ हत्याराले उन्मुक्ती पाएको आरोप लागिरहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो ।
सुस्तामा हनुमान मन्दिरका ७५ वर्षीय पुजारी केवटको हत्या