खगेन्द्र पराजुली, ३ भदौ, नवलपुर । नवलपुरका थप ५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । गएराती भरतपुर प्रयोगशालामा भएको परिक्षणमा नवलपुरका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसहित नवलपुरमा कुल संक्रमितको संख्या ३ सय ५१ पुगेको छ । आज बुधबार संक्रमण पुष्टि भएका नयाँ पाँच जना संक्रमितको स्वाव नवलपुरका कुनै केन्द्रबाटै नभई भरतपुरमा संकलन गरी परीक्षण भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए । कोभिडको संक्रमण देखिनेमा देबचुली वडा नं. १ का १७ बर्षका एक किशोर सहित गैंडाकोटका २ जना महिला र २ जना पुरुष छन् । गैंडाकोट वडा नं. १ का ३९ बर्षका पुरुष र ५ का २८ बर्षका महिला तथा गैंडाकोट ७ का २७ बर्षकी महिला र ३९ बर्षका पुरुष भएको जनाईएको छ । भरतपुरबाटै संकलन भएर परीक्षण भएको स्वाव भएकाले क्वारेन्टिन वा समुदायका हुन् वा आफैं शंका लागेर वा बिरामी परेर अस्पतालमै भएका वा बिरामीको आफन्त कुरुवा के हुन् भन्ने सबै खोजपड्तालको कार्य शुरु गरिसकेकाले थप बिवरण पछि सार्वजनिक गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिएका छन।
नवलपुरका थप पाँच जना कोरोना संक्रमित