नवलपुर । कोरोनाको माहामारीको कारण करिव सात महिनापछि कारोनाको त्रास सँगसँगै सामाजिक दुरीकायम गरी स्वास्थ्य सचेतनाका साथ सञ्चालनमा ल्याइएका पुर्वि नवलपरासी देवचुली नगरपालिका भित्रका विद्यालयहरु पनि आजदेखि बन्द भएका छन् ।
देवचुली नगरपालिका नगर शिक्षा समितिले नगरपालिकाभित्र संक्रमणको जोखिम झनै बढेको भन्दै विद्यालय नखोल्न निर्देशन दिएपछि विद्यालयहरु बन्द गरिएका छन् ।
नगर शिक्षा समितिले बैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशन दिएपछि विद्यालयहरुले नियमित पठनपाठन बन्द गरेका हुन् । विद्यालयको पठनपाठन भन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले विद्यालयहरु बन्द गर्न भनिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देलले बताए ।