काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा. शेखर कोइरालाको टिम मैदानमा उत्रिने भएको छ । आफ्नो पदाधिकारी सहितको टिम बनाएर यो समुह चुनावी मैदानमा उत्रेको हो । संस्थापन पक्षबाट बिद्रोह गरेको भनिएका विश्वप्रकाश शर्मा भने टिममा अटेका छैनन। शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् । यो समूहमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ । सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् । यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् । यद्यपी पौडेलले शेखर र प्रकाशमान कसैको पक्षमा आफूलाई उभ्याएका छैनन्
शेखर कोइरालाको टिम फाइनल हुँदै,विश्वप्रकाश अटेनन