२० पुस, नवलपुर–
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय नेता घनश्याम भुसालले मुलुक डरलाग्दो संकटतर्फ जादै गरेको बताएका छन् ।
नवलपुरमा सोमवार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्वोधनका क्रममा नेता भुसालले मुलुक र पार्टी दुबैलाई बचाउने एउटै बिकल्प संसद पुर्नस्थापना नै भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–“मुलुक डरलाग्दो संकटतर्फ जाँदैछ । कमरेड ओलीले आफैले आफ्नै बुद्धिले प्रतिनिधि सभा बिघटन गरेको भनेर बिश्वास नै लाग्दैन । यदि प्रतिनिधि सभा बिघटन फिर्ता भएन भने सत्यानाश हुन्छ ।”
नेता भुसालले चुनाव हुन्छ भनेर गरिएको प्रचार पत्याउनै नसकिने बताउनुभएको छ । “चुनाव हुदैछ भनेर कसरी पत्याउने ? जुन सबिधानको मर्म र भावनाबाट हुने चुनाव हो त्यही संबिधान च्यातेर चुनाव हुनै सक्तैन ।” उहाँले भन्नुभयो ।
प्रशिक्षण भेलामा भुसालले राष्ट्रपतिले फूलबुट्टा भरेर स्वीकृत गर्नुभएको प्रतिनिधि सभा बिघटन संबिधान बिपरित भएको दावी गर्नुभयो । उनले भन्नुभयो –के थाहा छ राष्ट्रपतिलाई राष्ट्रिय–अन्तराष्ट्रिय प्रचलन र प्रयोग ? वहाँले फूलबुट्टा भर्नुभयो । राष्ट्रपतिले यसो गर्नुहुन्थेन ।
नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताउनुभयो । ओलीले आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखी नै हावी हुदा समस्या सिर्जना भएको खुलासा भुसालले गर्नुभएको छ ।
ा
उहाँले संसद पुर्नस्थापना हुनेमा बिश्वस्त हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । संसद पुर्नस्थापनापछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने भुसालले जिकिर गर्नुभयो ।