खगेन्द्र पराजुली, ८ भदौ, नवलपुर । आज सोमवार नवलपुरका ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको कुल संख्या ३ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार भरतपुर प्रयोगशालामा भएको परिक्षणमा गैंडाकोटका २ जना र कावासोती १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा गैंडाकोट २ का ४२ बर्षका १ पुरुष र ३८ बर्षकी १ महिला तथा कावासोती १४ की २२ बर्षकी एक महिला छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैंडाकोटका संक्रमित मेडिकल कलेजमा उपचाररत बिरामीका कुरुवा (आफन्त) भएको जनाईएको छ भने कावासोतीका संक्रमितको बारेमा बुझ्ने काम भैरहेको स्वास्थ्य प्रमुख चापागाईले बताए।
कावासोतीमा एक सहित नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि