२५ कात्तिक : यूएईमा सम्पन्न १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । आज फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियनले पाँचौ पटक आईपीएल उपाधि जितेको हो ।
मुम्बई गत सिजनको उपाधि विजेता टिम पनि हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो तरपनि बिजेताको ट्रफी हात पार्न भने सकेन। फाइनल म्याचमा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष पुरा गरेको हो।
उसका लागि रोहित शर्माले शानदार ब्याटिङ गरे । उनले ५१ बलमा चार छक्का र पाँच चौकासहित ६८ रन बनाए । त्यस्तै, क्विन्टन डिककले २०, सूर्यकुमार यादवले १९, किरण पोलार्डले ९ र इशान किशनले नटआउट ३३ रन बनाए ।
बलिङमा मुम्बई को तर्फबाट ट्रेन्ट बोल्टले ३, नाथनकुल्टर नाइलले २ र जयन्त यादवले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। उसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५, ऋषभ पन्तले ५६, शिखर धवनले १५ रन बनाए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा दिल्लीका एनरिक नोर्टजेले २, मार्कस स्टोइनिस, कागिसो रबाडाले एक/एक विकेट लिए ।
पुरस्कार स्वरुप बिजेता मुम्बई इन्डियनले भारु रु २० करोड पायो भने उपबिजेता दिल्लीले भारु रु १२५०००००० पायो। यस संगै मुम्बई इन्डियनले २०१३,२०१५,२०१७,२0१९,र २०२० मा गरि पाँच पटक ट्रफी हात पारेको छ।
मुम्बई बन्यो पाचौं पटक आइपीएल च्याम्पियन ।