नवलपुर , असोज २६ । आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती र अर्को पुरुषलाई कारागार चलान गरिएको छ ।
पूर्वी नवलपरासी गैडाकोट नगरपालिका वडा नं। १८ हुर्चिल बस्ने धन बहादुर सुगुरपाक मगरको हत्या अभियोगमा संलग्न आफनौ श्रीमती फुल माया सुगुरपाक मगर र गैडाकोट वडा नं १८ बस्ने मेख वहादुर सुनारीमगरलाई आज ९ सोमबार ० नवलपुर जिल्ला अदालतलले कारागार चलान गरेको छ ।
२०७६ असार २० गते राती १२ बजे श्रीमान धन बहादुर सुगुरपाक मगरकी श्रीमती र मेख वहादुर सुनारीमगर मिलेर हत्या गरी खाडलमा पुरेको प्रारंभिक अनुसन्धानले प्रमाणीत गरेको छ । हत्यामा संलग्न दुवै जनालाई ईलाका प्रहरी कार्यालय गैडाकोटले यही भाद्र २९ गते नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडी सारिएकोमा आज नवलपुर जिल्ला अदालतले पुर्पक्षको लागी कारागार चलान गर्ने आदेश दिएको हो । कारागार चलान गर्ने आदेश आए संगै हत्यामा संलग्न दुवै जनालाई कारागार कार्यालय परासी पठाईएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहन बहादूर खाणले जानकारी दिए ।