आश्विन ४, नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले लागु औषध सहित असोज २ गते पक्राउ परेका दुई जनालाई नवलपुर जिल्ला अदालतबाट आज म्याद थप गरि अनुसन्धान थालेको छ । असोज २ गते राति पूर्वपश्चिम राजमार्ग अन्र्तगत कावासोती–८ मा चेकजाँचको क्रममा लागु औषध सहित गैंडाकोट–९ का २७ वर्षीय अनिल गुरुङ र सोही स्थानका २४ वर्षीय बिकाश दरैलाई प्रहरीले पक्राउ गरेको थियो ।उनिहरुलाई असोज २ गतेदेखि नै लागु हुनेगरी नवलपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि अनुसन्धान थालिएको डिएसपी मोहन बहादुर खाँणले बताए । प्रहरीले उनिहरुको साथबाट लागु औषध डाइजापाम १५ एम्पुल, फेनारगन १५ एम्फुल, नुर्फिन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र प्रयोग नभएको नयाँ सिरिञ्ज पाँच वटा बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको डिएसपी खाँणले बताए ।
लागुऔषध सहित पक्राउ परेका दुई जनालाई दश दिनको म्याद थप