झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।दमक नगरपालिका– ७ पशुहाटडाडा स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बसले ठक्कर दिँदा प्र.१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकलमा सवार दमक– ४ निवास मिलन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।दुर्घटनापछि बस चालक झापाको गौरादह- ४ बस्ने सरकार टुडुलाई प्रहरीले पक्राउ गरेको छ ।