श्रावण २७, कावासोती । कावासोती नगर युवा संजालको आयोजना तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको सहकार्यमा मध्यविन्दु कलेजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन।
आज श्रावण २७ गते कलेजको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु गरेर जम्मा ६५ जनाले रक्तदान गरेको संजालका अध्यक्ष पवन भुर्तेलले जानकारी दिएका छन।पछिल्लो समयमा रगतको अभाव भएको महसुस गरि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष भुर्तेलले बताए।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक उद्वघाटन कार्यक्रमको संचालन नगर युवा संजालको सदस्य अनिता नेपालिले गरेकी थिइन भने स्वागत मन्तव्य लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष दिपक लुइँटेलले गरेका थिए।
कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा र सोसल वर्क संकाय मध्यविन्दुले गरेका थिए भने सहयोगी संस्थाको रुपमा जागृती बाल तथा युवा सरोकार मन्च रहेको थियो।
मोहम्मद समिम खानको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु लम्साल,रेडक्रस सोसाइटी कावासोती उपशाखाका अध्यक्ष बाबुराम कंडेल,सचिब कोपिल न्यौपाने,लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेल,पुर्व अध्यक्ष शिव खड्का ,सचिव मिलन बोहोरा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
