सुरज गुरुङ बढ्दो शहरीकरण तथा औद्योगिकीकरणको कारण पछिल्लो समय फोहोरमैला व्यवस्थापन चुनौतीको विषय बन्दै गैरहेको छ ! मुलुकका काठमाडौं, पोखरा, भरतपुर लगायत प्रमुख शहरहरुमा फोहोरमैलाको समस्या दिनप्रतिदिन बढ्दो छ ! यो समस्या भर्खरै शहरीकरणमा प्रवेश गरेका पालिकाहरुमा पनि देखिन थालिसकेको छ ! फोहोरमैला व्यवस्थापन राजनीतिक मसला पनि बन्दै आइरहेको छ ! निर्वाचनमा हरेक राजनीतिक दलको घोषणापत्रमा फोहोरमैला व्यवस्थापनले प्रमुख स्थान पाउने गरेको पाइन्छ ! तर चुनाव जितेर गैसकेपछि फोहोरमैलाको एजेन्डा सेलाउने गरेको पाइन्छ ! मुलुकको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन अहिले चर्चाको विषय बनेको छ ! काठमाडौंको फोहोर नउठेको करिव ४ महिना भैसक्यो ! महानगर दुर्गन्धमय बन्दै गैरहेको छ ! यसले स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छ ! नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको समुहले काठमाडौं महानगरपालिकाले फोहोर विसर्जन गर्दै आइरहेको स्थान वरपरका सिसडोलबासीहरुसंग छलफल पनि गर्यो तर निष्कर्षमा पुग्न सकिएको छैन ! यसै सन्दर्भमा फोहोरमैलाको वैज्ञानिक किसिमले कसरी व्यवस्थापन गर्न सकिन्छ? फोहोरमैला व्यवस्थापन चुनौती हो कि अज्ञानता? फोहोरमैला व्यवस्थापन गर्न के गर्न सकिन्छ ? भन्ने विषयमा यस आलेखमार्फत जानकारी दिने प्रयास गरिएको छ ! फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन (4 R – Reduce, Reuse, Recycle and Recover) मार्फत Landfill Site लाई MRFC – Material Recover Facility Centre को रुपमा विकास गरी कुनै पनि पालिकाले आफ्नो आम्दानि बढाउन निम्न उपाय अवलम्बन गर्न सकिन्छ : १. कागज जति एउटा बोरामा राखौं; बिक्री हुन्छ ! क्रेट उद्योगले लिन्छ ! २. प्लास्टिक जति एउटा बोरामा राखौं; त्यो पनि बिक्री हुन्छ ! प्लास्टिक उद्योगले लिन्छ ! ३. फलाम जति एउटा बोरामा राखौं; बिक्री हुन्छ ! फलाम उद्योगले लिन्छ ! ४. काठका टुक्रा एउटा बोरामा राखौं; बिक्री हुन्छ ! इट्टा उद्योगले लिन्छ ! ५. पुराना कपडाहरु धोएर एउटा बोरामा राखौं; बिक्री हुन्छ ! फिटेर कुसन, डसना बनाउन सक्नुहुन्छ ! दिनदुखीहरुलाई पनि दान दिन सकिन्छ ! ६. सकभर खाना खेर फाल्ने गरी नबनाऔं; घर खर्च बचत हुन्छ ! फालिएको खानालाई छुटै प्लास्टिकमा राखेर घरेलु जनावरलाई खुवाउन मिल्छ र करेसाबारीको लागि पनि कम्पोस्ट मलको रुपमा प्रयोग हुन्छ ! ७. तरकारी काटदा निस्कने टुक्रा कम्पोस्ट पिटमा राखौं; कौसी खेतीलाई मल हुन्छ ! यो शिक्षा हरेक पालिकाले स्थानिय पाठ्यक्रममार्फत विद्यालयले बालबालिकालाई दिन सक्छ ! प्रत्येक घरमा निस्केको “फोहोरलाई मोहर” बनाउन बालबालिकालाई सिकाऔं; पढ्ने खर्च पुग्दछ ! हामीबाट सिर्जित फोहोरलाई मोहरमा बदल्ने अभियान समुदायबाट नै सुरु गर्नुपर्छ ! यसको अलावा फोहोरमैला व्यवस्थापनको लागि पालिकाले हरेक घरपरिवार, पसल वा उद्योगलाई कुहिने र नकुहिने फोहर संकलनको लागि छुट्टाछुट्टै डस्टबिन वितरण गर्न सक्छ ! फोहोरको प्रकृति अनुसार फोहर राख्ने घरेलु थैली हरियो, रातो, निलो, कालो विभिन्न रंगको पातलो रबरको वा बाक्लो प्लास्टिकको हरेक थैलीमा कोड नं. राखेर उपभोक्ता माझ वितरण गर्न सकिन्छ र कुन कोड नं. को थैली कसलाई दिइएको छ सो विवरण पालिकाको फोहरमैला व्यवस्थापन शाखामा राख्न सकियो भने जथाभावी फोहरमैला फाल्नेको पहिचानमा सजिलो हुन्छ र कार्वाही अगाडि बढाउन सहज हुन्छ । जम्मा भएको फोहोरमैला पालिका आफैले खरिद गरी प्रसोधित गरेर बेच्न सक्छ ! वा फोहोरमैलालाई दिइएको निर्देशनअनुसार वर्गीकरण गरि तोकिएको थैलो वा डस्टबिनमा राख्ने घरपरिवार वा उद्योगलाई पालिकाले लिने करमा छुट दिन सक्छ ! यदि कसैले फोहोरमैला वर्गीकरण गर्दैन भने जरिमाना लगाउन पनि सकिन्छ ! यसको लागि सुरुमा व्यापक जनचेतना फैलाउन सक्नुपर्छ ! कम्तिमा यति काम गर्न सक्यौं भने फोहोरमैला व्यवस्थापनको समस्या दिर्घकालसम्म समाधान हुन्छ ! यसो गर्न खासै खर्च पनि लाग्दैन ! माथिको सुझावलाई आत्मसाथ गर्दै फोहोरमैला समस्याको दिगो समाधानको लागि देशभरका पालिकाहरुले अभियान नै थालुन्, शुभकामना !!!!! (लेखक तत्कालीन कावासोती नगर विकास समितीका अध्यक्ष तथा ज्ञानोदय मावि, कावासोतीका पूर्व वि.व्य.स. अध्यक्ष हुनुहुन्छ | )
फोहोर व्यवस्थापन: चुनौती कि अज्ञानता?