पोखरा। नवलपुर सम्पर्क समाजद्धारा प्रकाशित नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको छ। प्रमुख अतिथि समाजसेवी शेरबहादुर ठाडामगर, सम्पर्क समाजका पदाधिकारी लगायतले भित्तेपात्रोको संयुक्त विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै ठाडामगरले समाजले गर्ने जस्तोसुकै कार्यका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए। समाजका अध्यक्ष ईश्वर श्रेष्ठले नवलपुर स्थायी घर भई पोखरामा रहेर विभिन्न पेशामा आबद्ध नवलपुरे व्यक्तिहरुलाई जोड्ने कार्यमा समाजको स्थापना भएको उल्लेख गरे। समाजका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रथम मणिप्रसाद डुम्रेले स्वागत, उपाध्यक्ष मिनबहादुर भण्डारी (मिलन) ले कार्यक्रममाथि प्रकाश र सचिव श्रीकृष्ण श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
नवलपुर पोखरा सम्पर्क समाजको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान सप्पन्न