टिकाराम पौडेल । ५ नम्बर वाड कार्यालय तिलोतमा नगरपालिकाको सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा काठमाडौं उपत्यका पछि पहिलो पटक दृष्टि बिहिन अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ।तालिम मणिग्राम -५, श्री शान्ती नमुना मा. वि. मा, ४० जना दृस्टीबिहिन,श्रवणदृष्टि बिहिन र शारीरिक अपाङ्गता भएका ब्यक्ति सिकारु र सहयोगी अभिभाबक सहित तालिम सम्मन गरिएको थियो। सहजकर्ता सस्थका उपाध्यक्ष जीवन पोखरेल र लुम्बिनी चेस कलबका अध्यक्ष सुमन श्रेष्ठ को सहजीकरण सम्पन्न तालिममा चेसको इतिहास, चेस बोडको इस्क्वायर,कालो र सेतो ३२ ओटा गोटिको पहिचान र जानकारी व्याख्या विधि र ट्याकट्र्याल(स्पर्श सन्चार)को माध्यम बाट गरिएको थियो।तालिमकै शिलशिलामा चेस बोडमा गोटि सेट गर्ने, गोटि चाल्ने ,खेल जित्ने,हार्ने इत्यादि नियमको बारेमा शैधान्तिक र प्रयोगात्मक बिधिको माध्यम बाट प्रशिक्षण गरिएको थियो। पाच दिने तालिमको अध्यक्षता सस्थाका अध्यक्ष टिकाराम पौडेलले ,प्रमुख अथिथी ५ नम्बर वाड कार्यालय तिलोतमा नगरपालिकाका वाड अध्यक्ष चेतनारायण भण्डारी को प्रमुख आतिथ्यता गर्नु भएको तालिमको सम्योजन तथा ब्यबस्थापन सस्थाका कोषाध्यक्ष कमला पौडेल र कर्मचारी अस्मिता क्षेत्री ले गर्नु भएको थियो।
दृष्टि बिहिन अपाङ्गता भएका व्यक्तिहरुको निम्ति चेस खेलकुद तालिम