बिमल अधिकारी , माघ १९,कावासोती । विश्व सिमसार दिवसको अवसरमा आज नारायणी नदि जल यात्रा कार्यक्रम सम्पन्न भएको छ । सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार छेत्रको महत्व सम्बन्धी सचेतना कार्यक्रम लामिचौर उपभोक्ता समितिको आयोजनामा कावासोती पिठौली देखि त्रिबेणि धाम सम्मको जल यात्रा गरिएको हो । जलयात्राका क्रम घडियाल गोहि,मगर गोहि,डल्फिन,मयुर,गैडा,विभिन्न प्रकारका चराचुरुङ्गी,जैविक विविधता लगायत प्राकृतिक सौन्दर्यहरुको अवलोकन गर्नुका साथै प्राकृतिक बिपत्ति,सम्भावना र चुनौतिका विषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । जलयात्रामा लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासु पौडेल,अमल्टारी उपभोक्ता समितिका अध्यक्ष केदार घिमिरे, निकुञ्ज प्रशासन,नेपाली सेना,जटायु प्रतिनिधि,CBAPU का अध्यक्ष,पत्रकार लगायत संरक्षण प्रेमिहरुको उपस्थित रहेको थियो ।
नारायणी नदि जलयात्रा सम्पन्न