१० बैशाख, बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सफिक वेहनाले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दुई सय सिलिण्डर अक्सिजन सहयोग गरेका छन । उनले भेरी अस्पताललाई दुई सय सिलिण्डर अक्सिजन सहयोग गर्ने घोषणा गरेका छन ।
भेरीमा बेड र अक्सिजनको अभाबका कारण सिकिस्त संक्रमितहरुलाई दुख् खेप्न परेको विषय बाहिर आइ सके पछि उनले आफ्नो व्यक्तिगतरुपमा अक्सिजन सहयोग गर्ने घोषणा गरेका हुन ।