- गोविन्द नेपाली( कावासोती नवलपुर ) , नेपाल दलित मुक्ति अभियान नवलपुरले र्याली सहित शक्ति प्रर्दशन गर्ने भएको छ । नवलपुरको कावासोतीमा यही चैत २८ गतेका दिन र्याली र शक्ति प्रर्दशन सहित जिल्ला स्तरिय प्रथम दलित भेला र जिल्ला कमिटि घोषणा कार्यक्रम गरिने संयोजक मधु सुनारले बताउनुभयो । आफ्ना आवाजहरु उठाउदै सचेतना सहितको जागरण जगाउने उद्येश्य सहित भेला गर्न लागिएको संयोजक सुनारले बताउनुभयो । दलित मुक्ति अभियानको उद्येश्य र यसको औचित्यको बारेमा जानकारी गराउने समेत भेलाको उद्येश्य रहने संयोजक सुनारले बताउनुभयो । कार्यक्रममा केन्द्रिय अध्यक्ष सुनील लोहनी विक संघीय तथा प्रदेश साम्सद जिल्ला का विभिन्न पार्टी का नेताहरु सहितका विभिन्न पालिका का प्रमुख व्यक्तिहरुको सहभागिता रहेन संयोजक सुनारले बताउनुभयो । जिल्लाभरिका स्थानीय तहबाट सहभागिता हुने समेत संयोजक सुनारले बताउनुभयो । कार्यक्रम कावासोती थाना चोक स्थित खुल्ला मैदानमा हुने जनाईएको छ । भेला अघि कावासोतिको सडक मा बिभिन्न ,बाजा ,गाजा ,झाकी सहितको र्याली निकालीने जनाईएको छ । दुई वर्ष अघि बाट सुरु गरिएको अभियानले वैज्ञानिक विधिबाट पहिचान गरी देशभरीका दलितको जीवन परिवर्तन गर्न ९ वटा बिचार अघि सारेको संयोजक सुनारले बताउनुभयो । आसन, रासन, शासन ,कपास , शिक्षा, स्वास्थ्य ,रोजगारी , आर्थिक उन्नति र सामाजिक समानता सहितको अवधारणा नेपाल दलित मुक्ति अभियानले अगाडी सारेको उहाँले बताउनुभयो । कावासोतीमा हुने कार्यक्रम समेत यिनै बिचारमा केन्द्रित रहित संचालन हुने संयोजक सुनारले बताउनुभयो ।
नवलपुरमा दलितहरुको शक्ति प्रदर्शन हुँदै