पर्वतः दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो ।
गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन । हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताए ।