१९ पुस, कैलाली ।
कैलालीमा पेट्रोल पम्प अगाडि पार्किङ गरिएको ट्रकमा आगलागी भएको छ ।
शनिवार जिल्लाको लम्कीचुहा नगरपालिका २ भल्कामा खाली ट्रकको क्याबिनमा खाना पकाउन बालिएको ग्याँसबाट आगो सल्किएको र ना ४ ख ४९१३ नम्बरको खाली ट्रकको केहि भाग जलेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
ट्रक सिमेन्ट ढुवानीपछि धनगढी फर्किदै गरेको प्रहरीले बताएको छ। आगो दमकलको सहयोगमा स्थानीय र प्रहरीले निभाएका छ्न। ट्रकमा आगो लागेको भएपनि अन्य मानविय तथा भौतिक क्षति भने भएको छैन्।