नवलपुर । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ३६ पुगेको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा।लि पोखरामामा गरिएको परिक्षमा शुक्रवार १२ बजेसम्म थप ९३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ८ हजार ६ सय ३६ पुगेको हो ।
प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार शुक्रवार कास्कीका मात्रै ८४जना भेटिएका छन्। त्यस्तै अन्य थपिएका संक्रमितमा स्याङ्जा २ जना, पर्वत १जना, तनहुँ ३ जना र लमजुङ २ जना रहेका छन्।संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने र पहिचान नखुलेकाको पहिचान खुलाउने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।