क्यानाडा- क्यानडामा कोजाग्रत पुर्णिमाको दिन चियापान गर्ने परम्परालाई निरन्तरता दिदै प्रमुख आतिथी डा नारायण खड्का र बिशिष्ठ अतिथि सुरेन्द्र पाण्डे तथा ज स स समन्वय बिभागका सदस्यहरुको सहभागितामा जीपी कोइराला फाउन्डेसनका क्युबेक सम्योजक प्रमेश गुप्ताको सभापतित्वमा जुम भर्चुअल कार्यक्रमका सम्पन्न भएको छ।
उक्त जुम सम्बाद कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्रि मा डा नारायण खड्काले नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली काङ्रेसलाइ बलियो पार्टी बनाउनको लागि सबैले चुनाब पस्चात गुट भन्दा माथी उठी एकढिक्का भएर कम्युनिस्टहरुले गरिरहेको नितिगत भ्रस्टचार, कोभिड नियन्त्रणमा देखाएको चरम लापरबाही र अधिनायकबाद बिरुद्ध एक्जुट भएर अघि बड्न आग्रह गर्दै जनसम्पर्कहरुको बिवाद लोकतान्त्रिक पद्धती बाट समाधान गर्नु पर्ने आश्वाशन दिनु भयो।
सोही कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पान्डेले नेपाली काङ्रेसको भबिश्यको बिषयमा चिन्ता जनाउँदै २०१३ देखि योउटै ब्यक्ति सङठनमा रहनु उचित न भएता पनि नेपाली काङ्रेसको केन्द्रिय समितिले आधिकारिकता दिएको सँस्थानै बैधानिक भएकोले अवधि सकिये पश्चात सबैलाइ समेटने गरि निर्बाचनमा जानुको बिकल्प न रहेको बताउनु भयो, र उक्त बिषयहरुमा नेपाली जनसम्पर्क समिति समन्य बिभागका साथीहरुलाइ यदि आवश्यक्ता परेमा आफु सदैव बिबादहरुको समाधानको निमित्त सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउनु भयो।
कार्यक्रमका सँचालक राम क्रिश्न रेग्मीले दिएको बिवरण अनुसार सो कार्यक्रममा नेपाली जनसम्पर्क समन्य बिभागका सदस्यहरु बिमल ढकाल, जगदिश खांड, प्रज्ञान न्यौपाने, र बिध्या तिमिलसिनाले नेपाली काङ्रेसले पद्धतिको बिकास गरि, निर्बाचित सभापतिलाइ आवश्यक सम्मनको सँस्कार बसाली,एक्जुट भएर पार्टीलै बलियो बनाउन आवश्यक परे बिधान सम्शोधन गरेर भएपनि बिपक्षि दलको झुठ, फरेब र भ्रस्टचारको जालो अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो, र नेपाली जनसम्पर्क समिति क्यानडा लगायत् सबै देशहरुको बिबादको समाधान येथा सिघ्र गर्ने आश्वाशन दिनु भयो। आफुहरु तीन पुस्ते कांग्रेस भएकोले लोकतान्त्रिक पद्धतिको बिकाश बाटनै बेपीको सपना साकार पर्न सकिने र नेपाली कांग्रेस बलियो हुनेमा बिश्वस्त रहन आग्रह गर्नु भयो।
कार्यक्रमको सुरुवात नेपाली जनसम्पर्क समितिका पूर्व सह-महामन्त्रि के पी निरौलाको स्वागत मन्तब्य बाट भएको थियो, उक्त कार्यक्रम्मा नेपाली जनसम्पर्क समिति क्यानडाका पूर्व महा-मन्त्रि एवं जीपी फाउन्डेशनका उप-सभापती निरन्जन थापा, जीपी फाउन्डेशन क्यानडाका महा-मन्त्रि बिद्ध्या भुषण कार्की, शैलेन्द्र चापागाइ, लगायतका बक्ताहरुले नेपाली काङ्रेसको छबिलाइ बलियो बनाउन हरेक सानातिना समस्यालाइ समयमै समाधान गर्दा पर्टीलाइनै फाइदा पुग्ने हुनाले क्यानडा जन सम्पर्क समितिको समस्याको समाधान निश्पक्ष निर्बाचन बाटनै हुने भएकोले निश्पक्ष केन्द्रिय प्रतिनिधि र निर्वाचन समितिको माघ गर्दै बच्चाको जन्म र न्वारनको तुलना गरि नेपाली जनसम्पर्क समिति क्यानडाको समय अवधि समाप्त भयकोले कोही पनि भ्रममा नपर्नु हुन आग्रह गर्नु भयो।
सोही क्रममा भोजपुर सेवा समाज इस्रायलकी सभापति अनु थापा र नेपाल तरुण दलका काठ्मान्डु जिल्ला क्षेत्रिय सदस्य दिपेन्द्र पोख्रेलले सामाजिक संजालमा बिबादको बिशयमा चर्चा भ इ रहंदा समाजमा नेपाली काङ्रेस प्रति नकारात्मक असर पर्न सक्ने भएकोले इस्रायलमा समस्या न भयपनि नेपाली कांग्रेसको शुभ चिन्तक भएको कारणले क्यानडा लागायत अरु देशहरुमा रहेका समस्यालाइ नजर अन्दाज नगरी छिटो भन्दा छिटो समाधान गर्नु पर्नेमा जोड दिनु भयो र भात्री संगठन र शुबेछुक संस्था बलियो हुंदा पार्टी बलियो हुने जिकिर गर्नु भयो।
अन्त्यमा कार्यक्रमका सभापती प्रमेश गुप्ताले जुम मीटिङले सार्थकता पाएको भन्दै जनसम्पर्क समितिको विवादको अन्तय चंआडै हुने भन्दै लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफ्नो बिचार राख्न पौनु हो र सम्प्पोर्ण अतिथिहरुलाइ उपस्थिति भ इ आ-आफ्नो बिचार राखी दिनु भएकोमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम संचालक राम क्रिश्न रेग्मीले उत्क्रिस्ट कार्यक्रम संचालन गरेकोमा खुलेर प्रशंशा गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो।