कावासोती,नवलपुर।नवलपुरको कावासोति १ मा स्थापना भएर विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको कोइलापानी पोलस्टार युवा क्लबका युवा सहित स्थानीयहरु दशै तिहारलाई विशेष ध्यानमा राखेर गाउँ टोलमा सरसफाइ अभियान सुरु गरेका छन।हिजो क्लबका युवाहरुको नेतृत्वमा गरिएको सरसफाइ कार्यक्रममा ५० बढिको सहभागीता रहेको थियो।आफ्नो गाउँ आफै बनाउ भन्ने नारालाइ आत्मसात गर्दै सबैले आफ्नो आफ्नो ठाउबाट गर्न सकिने कार्यहरु गरेमा समाज परिवर्तनको संभावना रहेको भन्दै सबैले आफ्नो गाउँ आफै सफा गर्नुपर्छ भन्ने सामाजिक भावना प्रवाह होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष झबी अधिकारिले बताए।
बिहानको समयमा गरिएको कार्यक्रममा क्लब पदाधिकारी संगै स्थानीय अग्रज,बालबालिकाको पनि उल्लेख्य उपस्थिति हुनु आफैमा उत्साहजनक रहेको भन्दै सरसफाइ कार्यक्रम नियमित रुपमा जारी रहने क्लबका कोषाध्यक्ष आनन्द भुसालले जानकारी दिएका छन।कुनै समय नेपालमा पहिलोपटक मोफसलबाट ए डिभिजन फुटबल खेलेर रास्ट्रीय ख्याती कमाएको क्लब बिचमा केही समय निष्क्रिय रहेको अवस्थामा पछिल्लो समय युवाहरुको पहलमा क्लबलाई नया जीवन दिने प्रयास गरिएको बताउदै सबैलाइ सहयोग गर्न अपिल गर्दै क्लबका अध्यक्ष कुल ठकुरिले सरसफाइ कार्यक्रममा उपस्थित हुने सबैलाइ धन्यवाद ज्ञापन समेत गरेका थिए।
गाउँ सरसफाइ अभियानमा जुट्दै कोइलापानि पोलस्टार युवा क्लब