-उत्तम कुमार थापा,बझाङ ।
अनेरास्ववियुका केन्द्रीय सँयोजक ऐन महर यतिबेला बझाङमा पुग्नुभएको छ ।
नजिकिँदै गरेको विजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा गृह जिल्ला बझाङमा पुगेका अनेरास्ववियुका केन्द्रीय सँयोजक रहनुभएका ऐन महरलाई अनेरास्ववियु बझाङले स्वागत गरेको हो । 
आज एक कार्यक्रमका विच शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका महरले सबैलाई शुभकामना दिदै अहिले अनेरास्ववियुको देश व्यापिरुपमा कमिटी गठन भैईरहेको बताए । उनले भने बझाङमा पनि टुङ्गो लागेको भन्दै बधाई दिदै भने ,बालुवामा पानी हालेर धान फलाउन खोज्नु मुर्खता भएको दावी गरे ,जिल्लामा अनेरास्ववियु गठन पछि चर्को आलोचना भएको देखिन्छ । 
महरले आफ्नो सामाजिक सञ्जालमा भनेका छन विधिविधान पुर्वक कमिटी गठन गर्नुपर्नेछ । उनले दावि गरे सबै नियम अनुसार भएको भन्दै केही असन्तुष्टि जनाउने साथिहरुलाई प्रदेश केन्द्रमा राख्न सकिने बताउदै सधैं एकै स्थानमा बस्न खोज्नेको प्रगति नहुने पनि बताए । अनेरास्ववियु केन्द्रीय सँयोजक ऐन महरले भने, जिल्लामा स्थान नपाएका साथिहरुलाई प्रदेश र केन्द्रका राख्ने भन्दै आक्रासमा नआउन दावि गरे ,सँगसँगै कसैले असन्तुष्ट व्याक्त गर्दै समानन्तर कमिटी बनाउन कोजे अमान्य हुने र यस्तो कदावि नहुने यदि कसैले यस्तो गरे समय अनुसार उत्तर दिने महरको भनाइ थियो । आज भएको शुभकामना आदानप्रदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी सदस्य प्रविन धामी को अध्यक्षतामा सुरुभएको कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सँयाजक ऐन महर र बिशिस्ट अतिथि न्पाल कम्युनिस्ट पाटि नेकपा जिल्ला अध्यक्ष मीन बहादुर कुवर मेयर विरेन्द्र खड्का लगाएतको उपस्थिती रहनुभएको थियो ।